दोधारा चाँदनी, ८ मङ्सिर । कञ्चनपुर निर्वाचन–२ मा नेपाली कांग्रेसका उम्मेदवार एनपी साउद छ हजार चार सय ५५ मतान्तरले विजयी हुनुभएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनीक गरेको अन्तिम मतपरिणामअनुसार उहाँले २८ हजार एक सय मत प्राप्त गरी प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का नरबहादुर धामीले २१ हजार छ सय ४५ मात प्राप्त गर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार झंकरराज जोशीले चार हजार नौ सय ३१ मत प्राप्त गर्नुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अशोकबहादुर सिंहले तीन हजार पाँच सय १० मत प्राप्त गर्नुभएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार यो क्षेत्रमा ६४ हजार सात सय ५२ मत खसेको थियो । जसमा चार हजार नौ सय २० मत बदर भएको छ । प्रदेशसभाका दुईवटै क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ । प्रदेशसभा (२) मा कांग्रेसका उम्मेदवारबहादुर सिंह थापाले एमालेका उम्मेदवार कृपाराम रानालाई एक हजार सात सय २६ मतान्तरले पराजित गर्दै पराजित विजयी हुनुभएको छ ।

थापाले १० हजार छ सय ६८ मत ल्याउँदा उहाँका निकटतम प्रतिस्पर्धी एमालेका रानाले आठ हजार नौ सय ४२ ल्याउनुभयो । त्यसैगरी नेकपा एकीकृत समाजवादीका लालबहादुर खड्काले चार हजार चार सय चार मत ल्याउनुभयो । निर्वाचन अधिकृतको कार्यालयका अनुसार यो क्षेत्रमा ५० हजार आठ सय ८९ मतदाता रहेकामा ३० हजार नौ सय ४५ मत खसेका थिए । जसमा एक हजार छ सय ४१ मत बदर भएको निर्वाचन अधिकृत मोहन जोशीले बताउनुभयो ।

त्यसैगरी प्रदेशसभा (१) मा नेकपा (माओवादी केन्द्र)का ओम विक्रम भाट निर्वाचित हुनुभएको छ । उहाँले १० हजार नौ सय २५ मत पाउँदा उहाँका निकटतम प्रतिस्पर्धी एमालेका बचनबहादुर सिंहले १० हजार चार सय ५० मत ल्याउनुभयो । त्यसैगरी नागरिक उन्मुक्तिका गीता चौधरीले ५ हजार एक सय ५२ र राप्रपाका चन्द्रकान्त भण्डारीले ३ हजार ५७ मत ल्याउनुभयो ।

बर्दिया–२ (१) मा कांग्रेस विजयी

बर्दिया क्षेत्र नं २९१० प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका जन्मजय तिमिल्सिना विजयी हुनुभएको छ ।

उहाँले १७ हजार दुई सय ५१ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नागरिक उन्मुतिm पाटीका उम्मेदवार प्रदेशी चौधरीले १२ हजार एक सय ८४ मत प्राप्त गर्नुभएको छ ।

कांगे्रसका तिमिल्सिनाले पाँच हजार ६७ मतको अन्तरले विजयी हुनु सफल हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बर्दियाले जनाएको छ । सो निर्वाचन क्षेत्रमा ४८ हजार छ सय ५९ मत खसेको थियो भने दुई हजार छ सय २२ मत बदर भएको छ ।

खोटाङ प्रदेशसभा (२) मा कांग्रेस विजयी

खोटाङ प्रदेशसभा (२) वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका भूपेन्द्र राई भारी मतान्तरले विजयी हुनुभएको छ ।

निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का रामप्रसाद दङ्गालभन्दा दुई हजार एक सय ४० बढी मत ल्याएर राई प्रदेशसभा सदस्यमा विजयी हुनुभएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार राईले १६ हजार चार सय ९६ मत र दङ्गालले १४ हजार तीन सय ५६ मत प्राप्त गर्नुभएको छ । विसं २०७४ को स्थानीय तहको निर्वाचनबाट दिप्रुङ चुइचुम्मा गाउँपालिकाको गाउँपालिका अध्यक्षमा विजयी राईले प्रदेशसभामा फड्को मार्नुभएको हो ।

गाउँपालिका अध्यक्षको जिम्मेवारीमा रहेका बेला राईले कोभिड सङ्क्रमितलाई पिठ्युँमा बोकेर गाडीसम्म पु¥याएर स्वास्थ्य संस्था लगेर उपचार गराएर चर्चा कमाउनुभएको थियो ।

पूर्वीनवलपरासी–१ (१) मा कांग्रेसका जिसी विजयी

नेपाली कांग्रेस पूर्वीनवलपरासीका सभापति महेन्द्रध्वज जिसी गण्डकी प्रदेशसभा सदस्य पदमा निर्वाचित हुनुभएको छ । उहाँ पूर्वी नवलपरासीको प्रदेशसभा निर्वाचन क्षेत्र १(१) बाट निर्वाचित हुनुभएको हो ।

निर्वाचन कार्यालय अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार जिसीले १५ हजार एक सय ३४ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का रबिन्द्र अधिकारीले १३ हजार नौ सय ८७ मत प्राप्त गर्नुभएको छ । पूर्वी नवलपरासीको प्रदेशसभा निर्वाचन क्षेत्र नं.१(१)मा ६३ हजार ५ सय ३५ मतदाता रहेका थिए । गत आइतबार सम्पन्न निर्वाचनमा ४१ हजार सात सय ४२ रहेको थियो ।

यसअघि जिल्लाको क्षेत्र नं २ को दुवै प्रदेशसभामा क्रमशः एमालेका पद्मा जिसी र लक्ष्मणबहादुर पाण्डे निर्वाचित भइसक्नुभएको छ । प्रतिनिधिसभातर्फ क्षेत्र नं १ र २ तथा प्रदेशसभा १ को २ मा गणना जारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर