भक्तपुर, ८ मङ्सिर । भक्तपुर–२ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापा विजयी हुनुभएको छ ।
मध्यपुरथिमि नगरपालिका बोडेस्थित नेपाल कृषि विकास बैंकको तालिम केन्द्रमा भएको मतगणना अनुसार उहाँले नेकपा (एमाल)का महेश बस्नेतलाई नौ सय ५९ को मतान्तरले पराजित गर्नुभएको हो ।
गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सो क्षेत्रमा कूल ६५ हजार नौ सय ९१ मत रहेको थियो । सो मध्ये कांग्रेसका उम्मेदवार थापाले २४ हजार दुई सय ३८ मतले अग्रता प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी महेश बस्नेतले २३ हजार दुई सय ७९ मत प्राप्त गर्नुभएको छ ।
भक्तपुर–२ मा विसं २०४६ मा बहुदल पुनःस्थापनापछि कांग्रेस र नेमकिपाले पालैपालो जित्दै आएका छन् । विसं २०४८ मा कांग्रेसका जगनाथ आचार्य विजयी भएको यस क्षेत्रमा यसपछि क्रमश विसं २०५१ को मध्यावधि निर्वाचनमा नेमकिपाका आशाकाजी बासुकला, ०५६ को निर्वाचनमा पुन कांग्रेसका लेखनाथ न्यौपाने, ०६४ सालको निर्वाचनमा नेमकिपाका सुनील प्रजापति, २०७० सालको निर्वाचनमा कांग्रेसका रामेश्वर ढुङ्गेल र २०७४ सालमा भने एमालेका बस्नेत विजयी भएका थिए ।
भक्तपुर क्षेत्र –१ मा नेपाल मजदुर किसान पार्टीका अनुराधा थापामगरले पाँच हजार नौ सय ७३ , राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले तीन हजार सात सय ३३, राष्ट्रिय प्रजातन्त्र पार्टीका मोहन केसीले दुई हजार तीन सय ५२ प्राप्त गर्नुभएको निर्वाचन अधिकृत लोकनाथ पराजुलीले जानकारी दिनुभयो ।
कूल ९१ हजार ९११ मतदाता रहेका यस क्षेत्रमा ६५ हजार ९१९ मत खसेको थियो । मत गणना सक्दा दुई हजार ५३ मत बदर भएको थियो ।
नवनिर्वाचित सांसद खतिवडा ः सभासद् हुँदै सांसद
लोकतान्त्रिक–वाम गठबन्धनका साँझा उम्मेदवार नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडा निर्वाचित हुनुभएको छ । प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएका खतिवडाले ३३ हजार पाँच सय ५६ मत ल्याउँदा उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का यज्ञराज सुनुवारले २६ हजार सात सय ३८ मत प्राप्त गर्नुभएको हो ।
विसं २०७४ मा भएको प्रतिनिधिसभा सदस्यतर्फको निर्वाचनमा यज्ञराज सुनुवारसँगै पराजित हुनुभएको थियो । त्यसअघि संविधानसभाको दोस्रो चुनावमा ओखलढुङ्गाको तत्कालीन क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ निर्वाचित हुनुभएको थियो । उहाँ विसं २०७४ को संसदीय निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनसँग पराजित हुनुभएको थियो । ओखलढुङ्गा–१ मा कांग्रेसबाट उम्मेदवार बनेका खतिवडालाई एमालेका यज्ञराज सुनुवारले पराजित गर्नुभएको थियो । तत्कालीन निर्वाचनमा सुनुवारले ३२ हजार पाँच सय ८० मत ल्याउँदा खतिवडाले २७ हजार तीन सय २७ मत पाएर पराजित हुनुभएको थियो ।
अविवाहित नेता खतिवडा युवा पुस्तामा लोकप्रिय हुनुहुन्छ । बुबा जीवनाथ खतिवडा र आमा हेमकुमारी खतिवडाको जेठो सन्तानका रुपमा रामहरि खतिवडा खतिवडा २०२६ साल पुस २४ गते जन्मनु भएको हो । पाँच दाजुभाई र एक बहिनी मध्येका जेठा खतिवडा अविवाहित हुनुहुन्छ ।मानेभन्ज्याङ गाउँपालिका ६ थाक्ले स्थायी ठेगाना रहनुभएका दोस्रो संविधानसभामा (प्रत्यक्ष)बाट निर्वाचित हुनुभएको थियो । २०४१ सालमा राजनीतिमा आवद्ध हुनुभएका खतिवडा पटक–पटक गरी १ वर्ष छ महिना बन्दी जीवन बिताउनुभएको छ ।
प्रखर वक्ता खतिवडा आफ्नो पार्टी कांग्रेसभित्र पनि लोकप्रिय मानिनुहुन्छ । उहाँ राजनीतिमा आउनु अघि शिक्षण पेशामा हुनुहुन्थ्यो । २०४५ सालमा उदयपुरको कटारीमा भएको पार्टी अधिवेसनबाट पहिलोपटक जिल्ला कार्य समिति चयन हुनुभएको थियो । त्यसयताका महाअधिवेसनहरुमा खतिवडा सात पटकसम्म महाधिवेसन प्रतिनिधि रहीसक्नु भएको छ ।
–––
