काठमाडौँ, ६ मङ्सिर। कतारमाजारी फिफा विश्वकप फुटबल प्रतियोगितामा वेल्स र अमेरिकाले बराबरी खेल्दै अङ्क बाडेका छन् ।

कतारको अहमद बिन अलि स्टेडियममा आज बिहान सम्पन्न वेल्स र अमेरिकाले १–१ गोलको बराबरी खेल्दै अङ्क बाडेका हुन् । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुआती अग्रता भने अमेरिकाले लियो । खेलको ३६ औँ मिनेटमा टिमोथी वेहले गोल गर्दै अमेरिकालाई सुरुआती अग्रता दिलाएका थिए । उनले पुलिसिकको पासमागोल गरेको थिए तर, खेलको ८२ औँ मिनेटमा वेल्सका कप्तान ग्यारेथ बेलले पेनाल्टीबाट गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । अमेरिकाका वाल्कर जिमर म्यानले बेललाई फउल गर्दै पेनाल्टी क्षेत्रभित्र लडाएपछि वेल्सले पेनाल्टी पाएको थियो ।

यस खेलसँगै समूह ‘बी’मा रहेको वेल्स र अमेरिकाले समान एक एक अङ्क बाडेका छन् ।

नेदरल्यान्ड्सले सेनेगललाई हरायो

कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगितामा नेदरल्यान्ड्सले सेनेगललाई पराजित गरेको छ ।

कतारको दोहास्थित अल थुमामा स्टेडियममा आज राति सम्पन्न खेलमा नेदरल्याण्डसले सेनेगललाई २(० गोल अन्तरले पराजित गरेको हो । नेदरल्यान्ड्सको जितमा कोडी गाक्पो र डाभी क्लासेनले एकरएक गोल गरे ।

नेदरल्यान्ड्सले दुबै गोल खेलको दोस्रो हाफमा ग¥यो । खेलको ८४औं मिनेटमा गाक्पोले फ्रान्की डी जोङको पासमा हेडमार्फत् उत्कृष्ट गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाएका थिए । खेलको दोस्रो हाफको अतिरिक्त समयमा क्लासेनले गोल गर्दै नेदरल्यान्ड्सको जित सुनिश्चित गरेका थिए । जितसँगै नेदरल्यान्ड्सले ३ अंक जोडेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर