काठमाडौं, ८ चैत । पछिल्लो चौबीस घण्टामा ३१८१ जनाको आरटी पीसीआर परीक्षण गर्दा थप ७७ जनामा कोरोना भाइरस संक्रमण(कोभिड१९) पुष्टि भएको छ ।
थप संक्रमितको उक्त संख्यासँगै कुल सङ्क्रमित संख्या २ लाख ७५ हजार ९०६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी पछिल्लो चौबीस घण्टामा १०६ जना सङ्क्रमित विसेक भएका छन् । यससँगै अहिले विसेक सँख्या २ लाख ७१ हजार ९११ जना पुगेको छ ।
मन्त्रालयका अनुसार अहिले ९६९ जनामा सक्रिय सङ्क्रमण रहेको छ भने ३०१६ जनाको सङ्क्रमणबाट मृत्यु भएको छ ।