काठमाडौँ, २२ कात्तिक । नेपाली कांग्रेसले पार्टीका ७६ जना नेता कार्यकर्तालाई कारबाही गरेको छ । आगामी मङ्सिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन, २०७९ मा नेपाली कांग्रेस पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेको उम्मेदवारविरुद्ध उम्मेदवार भएका र त्यस्ता उम्मेदवारको प्रस्तावक वा समर्थक भएकालाई कारबाही गरिएको अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुङ्गानाले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा ४ (क) बमोजिम ५ (पाँच) वर्षका लागि ती नेता कार्यकर्तालाई कारबाही गरिएको विज्ञप्तिमा उल्लेख छ । ती नेता कार्यकर्तालाई सदस्यता समेत नरहने गरी पार्टीको अभिलेखबाट हटाउन निर्देश गरिएको छ ।

बागी, निजका प्रस्तावक एवं समर्थक र अन्य पार्टीमा गई उम्मेदवार भएकाको नामावलीसमेत अभिलेखबाट हटाइने पार्टीले जनाएको छ । त्यस्ता नेता, कार्यकर्ताको सूचना तत्काल केन्द्रीय अनुशासन समितिमा पठाइदिन समेत निर्देश गरिएको संयोजक ढुङ्गानाले बताउनुभयो ।

नेपाली कांग्रेस
केन्द्रीय अनुशासन समिति
कार्तिक २२, २०७९

प्रेस विज्ञप्ति

आगामी मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन –२०७९ मा नेपाली कांग्रेस पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेको उम्मेदवार विरुद्ध उम्मेदवार भएका र त्यस्ता उम्मेदवारको प्रस्तावक वा समर्थक भएमा नेपाली कांग्रेसको विधान २०१७ ९संशोधन सहित० को धारा ३४ को उपधारा ४ ९क० बमोजिम ५ ९पाँच० वर्षका लागि देहायका व्यक्तिलाई सदस्यता समेत नरहने गरी पार्टीको अभिलेखबाट हटाउन निर्देश गरिन्छ । साथै, त्यस्ता वागी, निजका प्रस्तावक एवं समर्थक र अन्य पार्टीमा गई उम्मेदवार भएकाहरुको नामावलीहरु समेत अभिलेखबाट हटाइनेछ । तसर्थ ः तत्काल केन्द्रीय अनुशासन समितिमा त्यस्ता नामावली पठाई दिन समेत निर्देश गरिन्छ ।

जय नेपाल

आनन्दप्रसाद ढुंगाना

संयोजक

अभिलेखबाट हटाउनु पर्ने व्यक्तिहरुको नामावली
१। मीनाकुमारी गुरुङ्ग, महाधिवेशन प्रतिनिधि एवं नेपाल महिला संघ जिल्ला अध्यक्ष, ताप्लेजुङ्ग
२। सन्तमान केरुङ्ग, पूर्व गाउपालिका अध्यक्ष, पाँचथर
३। वालानन्द दाहाल, नेपाल विद्यार्थी संघ जिल्ला अध्यक्ष, धनकुटा
४। सुरेशकुमार पोखरेल, क्रियाशील सदस्य, झापा
५। फणिन्द्र थापा, क्षेत्रीय प्रतिनिधि, क्षेत्र नं। २ मोरङ्ग
६। जयराज संयोग लिम्वु, महाधिवेशन प्रतिनिधि, मोरङ्ग
७। नन्दु सरदार, क्रियाशील सदस्य, मोरङ्ग
८। गोपाल रेग्मी, क्रियाशील सदस्य, मोरङ्ग
९। जनाद्र्धन निरौला, महाधिवेशन प्रतिनिधि, मोरङ्ग
१०। रोहित सुव्वा, महाधिवेशन प्रतिनिधि, सुनसरी
११। प्रेम भट्टराई, महाधिवेशन प्रतिनिधि, सुनसरी
१२ दिपेन्द्र घिमिरे, इटहरी उपमनपा वडा नं। २ का वडा सभापति, सुनसरी
१३। प्रदिप चौधरी, जिल्ला कार्यसमिति सदस्य, सुनसरी
१४। धर्मराज पोखरेल, महाधिवेशन प्रतिनिधि एवं पूर्व जिल्ला उपसभापति खोटाङ्ग
१५। हेमराज तातेड, महाधिवेशन प्रतिनिधि एवं पूर्व केन्द्रीय सदस्य, सप्तरी
१६। रामलगन साह, सप्तरी
१७। विजेता झा, धनुषा
१८। हरिशंकर साह, क्षेत्रीय सभापति क्षेत्र नं। ३, धनुषा
१९। सन्तोष यादव, धनुषा
२०। अमरेशकुमार सिंह, पूर्व सांसद, सर्लाही
२१। रोशन यादव, महाधिवेशन प्रतिनिधि, बारा
२२। अरुण ज्ञवाली, महाधिवेशन प्रतिनिधि, बारा
२३। प्रभु पटेल, महाधिवेशन प्रतिनिधि, बारा
२४। अजयकुमार द्विवेदी, पूर्व जिल्ला सभापति, पर्सा
२५। सुधिर पटेल, क्रियाशील सदस्य, पर्सा
२६। चन्द्रकिशोर चौधरी, क्षेत्रीय प्रतिनिधि, पर्सा
२७। लिलाबहादुर न्यौपाने, क्षेत्रीय प्रतिनिधि, रसुवा
२८। शारदाकुमार ९सरोज० न्यौपाने, क्रियाशील सदस्य, रसुवा
२९। टिकाप्रसाद काप्री, क्षेत्रीय प्रतिनिधि, धादिङ्ग
३०। श्रीकृष्ण जोशी, गोकर्णेश्वर नगर सभापति, काठमाण्डौ
३१। दिपेन्द्र लामा, काठमाण्डौ ३ ९क०
३२। मोहन खड्का, काठमाण्डौ ५ ९क०
३३। भरत विडारी, महाधिवेशन प्रतिनिधि, काठमाण्डौ
३४। वलाराम थापा, क्रियाशील सदस्य, काठमाण्डौ
३५ जयराम कार्की, जिल्ला सदस्य, काठमाण्डौ
३६। गोविन्द घिमिरे, क्षेत्रीय प्रतिनिधि, ललितपुर
३७। दिपेश के।सी।, क्रियाशील सदस्य, ललितपुर
३८। गंगाराम रिजाल, क्षेत्रीय प्रतिनिधि, ललितपुर
३९। रामकुमार जिसी, सुनकोशी गापा वडा नं। ३ का इकाइ सभापति, सिन्धुपाल्चोक
४०। भक्तवहादुर भण्डारी, सिन्धुपाल्चोक १ ख०
४१। वद्री चौलागाई, पूर्व क्षेत्रीय सभापति, क्षेत्र नं। २ सिन्धुपाल्चोक
४२। दिनेश कोइराला, केन्द्रीय सदस्य, नेपाली कांग्रेस
४३। तारा पौडेल, क्षेत्रीय प्रतिनिधि, क्षेत्र नं। ३ चितवन
४४। महादेव गुरुङ्ग, महाधिवेशन प्रतिनिधि, कास्की
४५। चित्रध्वज जि।सी।, क्रियाशील सदस्य, नवलपुर
४६। नरवहादुर गुरुङ्ग, पूर्व क्षेत्रीय प्रतिनिधि, क्षेत्र नं। २ वाग्लुङ्ग
४७। ललित गुरुङ्ग, जिल्ला कार्यसमिति सदस्य, नेपाली कांग्रेस कपिलवस्तु
४८। ध्रुव पुन ९दुत कुमार०, महाधिवेशन प्रतिनिधि, रुकुम पूर्व
४९। सुवास पोखरेल, क्षेत्रीय प्रतिनिधि, क्षेत्र नं। १ बर्दिया
५०। कृष्ण ढुंगाना, पूर्व गाउँ कार्य सभापति, नवलपरासी
५१। राजेन्द्रबहादुर शाह, महाधिवेशन प्रतिनिधि एवं पूर्व राज्य मन्त्री, सल्यान
५२। देवेन्द्र शाही, जुम्ला
५३। धनबहादुर वस्नेत, जुम्ला
५४। तारक के।सी।, नेपाल विद्याथी संघ पूर्व केन्द्रीय सदस्य, रुकुम पश्चिम
५५। हर्कजंग वहादुर सिंह, पूर्व जिल्ला पार्टी सभापति, बझाङ्ग
५६। गणेश भण्डारी, बझाङ्ग
५७। नरेन्द्रबहादुर खड्का, क्षेत्रीय प्रतिनिधि, क्षेत्र नं। १ डोटी
५८। राजन कुँवर, अछाम
५९। चन्द्रप्रसाद ढुंगाना, अछाम
६०। नृप विष्ट, नगर सचिव कमलवजार नगरपालिका, अछाम
६१। केशववहादुर चन्द, वैतडी
६२। हरिमोहन भण्डारी, वैतडी
६३। गिरीराज पाण्डे, कंचनपुर
६४। दिपकवहादुर सिंह, कंचनपुर
६५। गोपालसिंह वुढा, कंचनपुर
६६। पिताम्वर जोशी, प्रदेश प्रतिनिधि, कंचनपुर
६७। शारदा चन्द, महाधिवेशन प्रतिनिधि, कंचनपुर
६८। दुर्गादत्त पाण्डे, कंचनपुर
६९। मदन नेपाल, कंचनपुर
७०। भरतकुमार शाही, कैलाली
७१। गोविन्दराज जोशी ः पूर्व जिल्ला सभापति, कैलाली
७२। लक्ष्मण शाही ः महाधिवेशन प्रतिनिधि, कैलाली
७३। क्षितिज भण्डारी ः महासमिति सदस्य, कैलाली
७४। विजयकुमार वस्नेत, पूर्व जिल्ला सदस्य, काठमाण्डौ
७५। धनबहादुर गुरुङ, चितवन प्रदेश सभा क्षेत्र नं। १९क०
७६। राममणि न्यौपाने, चितवन, प्रदेश सभा क्षेत्र नं। १ ९ख०

 

प्रतिक्रिया

सम्बन्धित खवर