काठमाण्डौं,२० कार्तिक । इङ्लिस प्रिमियर लिगको यो सिजनमा सुरुदेखि नै राम्रो प्रदर्शन गरिरहेको आर्सनलले शीर्षस्थानको अग्रता कायमै रखेको छ ।

आज आइतबार भएको खेलमा चेल्सीलाई उस्कै मैदानमा १-० ले हराउँदै त्यो अग्रता कायम गरेको हो ।

यो खेलमा हाप टाइमसम्म दुबै टोलीले गोल गर्न सकेका थिएनन् । तर खेल निकै रोमान्चक र प्रतिष्पर्धापूर्ण थियो । खेलको ६३ औं मिनेटमा भने आर्सनलका गाब्रियलले गोल गरेर आफ्नो टिमलाई १-० ले अघि बढाए । त्यही गोल आर्सनलको लागि जितको तीन नम्बर लिन पर्याप्त भयो ।

हिजो शनिबार भएको खेलमा म्यान्चेष्टर सिटी फुलहामलाई पराजित गरेर शीर्ष एक नम्वरमा पुगेको थियो । सिटीको त्यो अग्रता चौबीस घण्टा बित्ता नबित्तै सकियो ।

३८ खेलहरू खेल्नुपर्ने यो प्रतियोगितामा १३ औं खेलको समाप्तिसँगै आर्सनल एक र सिटी र दुई नम्बरमा छन् । आर्सनलको ३४ र सिटीको ३२ अंक छ । चेल्सी १३ खेलबाट २१ अंकसहित सातौं स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर