चितवन, २० कात्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङलाई पत्नी शोक परेको छ ।
गुरुङकी श्रीमती शिरमाया गुरुङको आज बिहान ५ः२० बजे फोक्सोको क्यान्सरका कारण निधन भएको हो ।
विसं २००५ भदौमा स्याङ्जाको भिरकोटमा उहाँको जन्म भएको हो ।
उहाँका तीन छोरा र दुई छोरी छन् । उहाँको सोमबार दिउँसो १२ः३० बजे गुरुङ संस्कारअनुसार देवघाटमा अन्त्येष्टि गरिँदैछ । उहाँका श्रीमान् टेकप्रसाद नेपाली कांग्रेस चितवनका पूर्वसभापति समेत हुनुहुन्छ । कांग्रेस चितवनले शिरमायाको निधनप्रति दुःख व्यक्त गरेको छ ।
जिल्ला सभापति राजेश्वर खनालले उहाँको निधनले नेपाली कांग्रेसलाई अतुलनीय क्षति भएको बताउनुभयो । स्व गुरुङले पार्टीमा पु¥याएको योगदानको कांग्रेसले सम्मान गर्ने उहाँले बताउनुभयो ।
