काठमाडौं, १५ कात्तिक । नेपाल सरकारले विभिन्न वस्तुको आयातमा लगाइएको प्रतिवध हटाउन विश्व बैंकले नेपाल सरकारलाई सुझाव दिएको छ ।
यस अघि अन्तर्राष्ट्रिय मुद्रा कोषले सो प्रतिबन्ध हटाउन सुझाव दिएको थियो ।

विश्व बैंकले औपचारिक रुपमा पहिलो पटक सोमबार सार्वजनिक गरेको ‘नेपाल डेभलोपमेन्ट अपडेट’ प्रतिवेदनमार्फत प्रतिबन्ध हटाउन सो सुझाव दिइएको हो ।

सरकारले विदेशी मुद्राको सञ्चिति कम भएको भन्दै गत वैशाखमा १० प्रकारका वस्तुको आयातमा असार मसान्तसम्म पूर्ण प्रतिबन्ध लगाएको थियो भने भदौ १४ गते सरकारले ६ प्रकारका वस्तुको आयातमा लगाएको प्रतिबन्ध फुकुवा गरेको थियो ।

विदेशी मुद्राको सञ्चिति माथिको दबाव कायमै रहेको भन्दै सरकारले उक्त ४ वस्तुको आयातलाई रोकेको हो ।
मंसिर मसान्तसम्म मदिरा, ३ सय डलरभन्दा माथीका स्मार्ट फोन, १ सय ५० सीसी भन्दा माथिका मोटरसाइकल तथा कार, जीप, भ्यानको आयात गर्न पाइने छैन ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर