काठमाडौँ, ६ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीका सिफारिशमा नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम काठमाडौँ महानगरपालिका–७, चाबहिल निवासी अधिवक्ता रमेश बडाललाई नेपालका महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको छ ।

यसअघि राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीमार्फत महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आजैदेखि लागु हुने गरी पदबाट राजीनामा दिनुभएको थियो । राष्ट्रपतिले खरेललाई महान्यायाधिवक्ताका हैसियतले गर्नुभएको कार्यसम्पादनप्रति धन्यवाद व्यक्त गर्नुभएको छ । नवनियुक्त महान्यायाधिवक्ता बडालको शपथ आइतबार हुने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर