काठमाडौै, ६ चैत । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आफ्नो पदबाट राजीनामा दिनुभएको छ ।
उहाँले आज महान्यायाधिवक्ताको कार्यालयमा पत्रकार सम्मेलन गरी पदबाट राजीनामा दिइएको जानकारी दिनुभयो ।
प्रधानमन्त्रीका सिफारिशमा राष्ट्रपतिले २०७४ फागुन ८ गते उहाँलाई महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको थियो । प्रधानमन्त्रीसँग आफूले सल्लाह गरेर नै राजीनामा दिएको र आगामी दिनमा आफू सक्रिय राजनीतिमा क्रियाशील रहने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर