काठमाडौं, २७ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जनता समाजवादीका पार्टी (जसपा)का मन्त्रीहरूलाई पदमुक्त गर्नुभएको छ।
पदमुक्त मन्त्रीहरुमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, कृषि तथा पशुपंक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राई र वन तथा वातावरणमन्त्री प्रदीप यादव रहनुभएको छ ।
उहाँहरुलाई संविधानको धारा ७७ को उपधारा (२)को खण्ड ख बमोजिम पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
चारवटै मन्त्रालयको कार्यभार प्रधानमन्त्री देउवा आफैँले सम्हाल्नुहुनेछ .
