काठमाडौ, २६ असोज । काठमाडौंको नक्सालस्थित होटल क्राउन प्लाजामा एक युवतीको शंकास्पद मृत्यु भएको छ।

जलेको अवस्थामा उपचारार्थ वीर अस्पताल पुर्‍याइएको तर त्यहाँ उपचार सम्भव नभएपछि ती युवतीलाई कीर्तिपुर अस्पताल लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको हो।

अस्पतालले ती युवतीको जलेर मृत्यु भएको बताएको छ । सो घटनाका सम्वन्धमा प्रहरीले दुई जनालाई पक्राउ गरेको काठमाडौं प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले वताउनुभएको छ ।

चाबहिल बस्ने ती युवती बाराको सिमराका केशव रिजालसँग बस्न उक्त होटल गएकी थिइन्।

पक्राउ पर्नेमा रिजाल र होटलका एक कर्मचारी रहेका छन्। घटनाबारे थप छानबिन भइरहेको एसपी मैनालीले बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर