काठमाडौ, २२ असोज । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सभामुख अग्निप्रसाद सापकोटाले उम्मेदवारी नदिने घोषणा गर्नुभएको छ ।

सभामुख सापकोटाले आज सिंहदरबारमा पत्रकार सम्मेलन गरी उक्त कुरा वताउनुभएको हो ।

लगातार ३ पटकसम्म आफूलाई निर्वाचित गराएर राष्ट्रिय भूमिका निर्वाह गर्ने र जनताको सेवा गर्ने अवसर दिएको भन्दै उहाँले सिन्धुपाल्चोकका मतदाताप्रति आभार समेत व्यक्त गर्नुभएको छ ।

सभामुख सापकोटाले आफू संसदीय भूमिकामा नरहेपनि देश, जनता र अग्रगमनको पक्षमा निरन्तर क्रियाशील भइरहने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

सभामुख सापकोटा २०६४ को पहिलो संविधानसभा र २०७० को दोस्रो संविधानसभामा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएको थियो भने २०७४ सालको निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित हुनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर