काठमाडौं ,२२ असोज। केही दिन अघिदेखिको अविरल बर्षाको कारण जुम्ला जिल्लाको कनकासुन्दरी गाउँपालिकामा गएको पहिरोमा परेर ५ जनाको निधन भएको छ । पहिरो सो पालिकाको डा नम्बर ५ मा गएको हो । थप दुई जना बेपत्ता वेपत्ता छन् ।
प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीका अनुसार पहिरोमा परेका अन्य दुई जनाको अवस्था गम्भीर छ । ती दुई जनालाई उद्धार गरी उपचारार्थ अस्पतालतर्फ पठाइएको छ । यो पहिरोले अन्य के कति क्षति गरेको छ त्यसको विवरण प्राप्त भै सकेको छैन ।
