काठमाण्डौं, २१ असोज । विगत तीन दिनदेखि भएको बर्षाको क्रममा केही सुधार आएको छ । यो सुधारको क्रम पूर्बबाट सुरु भएको छ । तर पश्चिम भेगमा भने अझै भारी बर्षा भैरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले  जनाए अनुसार, देशका पूर्वी क्षेत्रमा मौसम अहिले सफा भए पनि दिउँसो र बेलुका आंशिक बदली रही हल्का पानी पर्ने सम्भावना छ भने देशको पश्चिमी भूभागमा भने भारी वर्षा भइरहेको छ।

महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशमा अहिले भारी वर्षा भइरहेको छ। नवलपुरमा सबभन्दा बढी २७५ मिलिमिटर पानी परेको छ। पाल्पाको अर्चले भन्ने ठाउँमा २१८ मिलिमिटर पानी परेको छ।

मौसमविद् राजु प्रधानांगका अनुसार शुक्रबार काठमाडौं उपत्यकाको मौसम बदली रही दिउँसो र बेलुकीपख हल्का पानी पर्ने सम्भावना छ। लुम्बिनी, गण्डकी, सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने सम्भावना छ।

उहाँले बताउनुभयो : ‘काठमाडौं उपत्यका र पूर्वका मौसम खुलेजस्तो देखिए पनि बदली नै रहने सम्भावना छ। शनिबार दिउँसोबाट बिस्तारै सुधार हुँदै जानेछ। पश्चिममा भने भारी वर्षा भइरहेको छ।  गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आइतबारदेखि मौसम बिस्तारै खुल्दै जान्छ।’

महाशाखाका अनुसार हाल नेपालमा दक्षिण पश्चिम बंगालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव परेकोले मौसममा यस्तो गडबडी भएको हो ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशमा हल्का तथा मध्यम वर्षा भइरहेको छ। सुदूरपश्चिमका केही, कर्णाली प्रदेशका थोरै र लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा शुक्रबार भारी वर्षा हुने महाशाखाले जनाएको छ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर