काठमाण्डौं, २१ असोज । काठमाण्डौं जिल्लाको चन्द्रागिरिमा पहिरो खस्दा एकै घरका तीन जनाको निधन भएको छ ।पहिरो गए राति साढे एक बजे चन्द्रागिरि नगरपालिका २ तल्लो मसिने स्थित ध्यानकेन्द्रमा खसेको थियो ।
एसो पहिरोमा परेर मृत्यु हुनेमा एकै परिवारका तीन जना रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले दिएको जानकारी अनुसार, सो पहिरोमा परेर काभ्रे धुलिखेल नगरपालिका-१२ घर भई ध्यानकेन्द्र बस्ने ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीय रेखा र डेढ वर्षीया छोरी सारफीको निधन भएको हो । उनीहरू त्यहाँ विगत तीन बर्षदेखि त्यहाँ बस्दै आएको थिए ।
प्रहरीका अनुसार पहिरोले उनीहरू बसेको घर बगाएको थियो।
