काठमाडौं, १५ असोज । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५९१ जनाको पीसीआर र ७४१ जनाको एन्टिजेनबाट परीक्षण गर्दा क्रमशः १७ र २ जनाको संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार ९६ जना संक्रमित विसेक भएका छन् भने सक्रिय संक्रमितको संख्या ९२५ पुगेको छ।
