काठमाण्डौं, १५ असोज । सल्यानमा आज फेरि  यौटा यत्रुबाहक जीप दुर्घटनामा परेको छ । सो दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । १७ जना घाइते भएका छन् ।

जीपमा सवार यात्रुहरू सल्यानको खैराबाङ मन्दिरमा देवी दर्शन गर्न जाँदै  थिए ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार, सो जीप (रा १ ज ५९८) आज शनिबार बिहान पौने सात बजे कुमाख गाउँपालिका-७, जिमालीमा दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार, दुर्घटनमा परी मृत्यु हुनेमा कुमाख गाउँपालिका-७ का ३९ वर्षीय मानबहादुर पुन र १४ वर्षीया एनका पुन रहेका छन् । दुवैजनाको घटनास्थलमै मृत्यु भएको हो । घाइतेहरूको स्थनीय अस्पालमा उपचार हुँदैछ ।

दुर्घटनाग्रस्त जीप सडकबाट १०० मिटर तल खसेको छ ।

गत बुधवारमात्रै सल्यानको कपुरकोटमा जीप दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर