काठमाण्डौं, १४ असोज । गए राति भएको भिषण वर्षाका कारण खोटाङको दिक्तेलमा केही घर भत्केका छन् । वर्षापछिको पहिरोले विभिन्न स्थानका सडक/बाटो विगारेको छ । बख्राका खोर पुरिएका छन् ।

दिक्तेल जिल्ला प्रहरीका अनुसार, रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका कुलबहादुर बस्नेतको तीन तले घर वर्षाले भत्किएको हो । तर त्यहाँ मानवीय क्षति भने भएको छैन ।

वडा १ का वडाध्यक्ष नवराज राईले दिएको जानकारी अनुसार,  त्यहाँका विभिन्न ठाउँमा पहिरो खसेको छ । पहिरोले ठूलो क्षति पुगेको छ । खोर पुरिँदा बाख्राहरु मरेका छन् । कच्ची सडक/बाटो विग्रिएर आवात/जावतमा कठिनाइ पुगेको छ ।

सोही वर्षाको कारण दिक्तेलकै ढोडे पुछारका नइन्द्र राई र नारायण राईको घर पनि बस्न नमिल्ने गरी विग्रिएको छ।

त्यहाँ शुक्रबार विहानैबाट स्थानीय वासिन्दा र वडाको सक्रियतामा वर्षाले गरेको क्षतिको विवरण संकलन उद्धार कार्य भैरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर