जुम्ला, १३ असोज । जुम्लाको हिमा गाउँपालिका–१ आचार्य लिहीमा स्याउ बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
बागमती प्रदेश, ०३००१ ख २१६४ नम्बरको ट्रक हिजो राति दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मकवानपुर घर भएका चालक अविनाश लामाको मृत्यु भएको छ भने गाडीका सहचालक हरि न्यौपाने घाइते भएका छन् ।

घाइते न्यौपानेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गरिएको छ ।

जुम्लाको कनकासुन्दरी गाउँपालिका गुठीज्यूलाबाट स्याउ लिएर सुर्खेत जादै गरेको उक्त ट्रक बझाङेखोलामा दुर्घटना भएको हो । ट्रकमा सात सय कार्टुन स्याउ रहेको बताइएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर