काठमाडौं, १२ असोज । पछिल्लो चौविस घण्टामा कोरोना भाइरस संक्रमणबाट १ जनाको ज्यान गएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालका अनुसार सो समयावधिमा पीसीआर र एटिजेन परिक्षण गर्दा थप २८ जनामा संक्रमण पुष्टि भएको छ।
मन्त्रलायका अनुसार १२८४ जनाको पीसीआर परीक्षण गर्दा ३१ जना र १५३४ एन्टिजेन परीक्षण गर्दा ७ जना गरी ३८ जनामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा ५२ जना संक्रमित विसेक भएका छन्।
