काठमाडौ, ११ असोज । सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश हरिकृष्ण कार्की आजदेखि कायममुकायम प्रधानन्यायाधीश हुनुभएको छ ।
कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की आगामी १५ असोजपछि ६५ वर्षे उमेर हदका कारण अनिवार्य अवकाश हुन लागेकाले आजदेखि विदा वस्नुभएको छ । उहाँ बिदा बसेसँगै हरिकृष्ण कायममुकायम प्रधानन्यायाधीश हुुनुभएको हो ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा गत १ फागुनमा महाभियोग प्रस्ताव दर्ता भएपछि दीपककुमार कायममुकायम प्रधानन्यायाधीश हुनुभएको हो ।
आगामी २७ मंसिरबाट जबरा पनि उमेर हदका कारण अनिवार्य अवकाशमा जाँनुहुने छ ।
