काठमाडौं, ९ असोज । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२०६ जनाको पिसिआर र १८१८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
अहिले १२२३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । सो समयावधिमा १०० जना संक्रमित विसेक भएका छन्।
