काठमाडौ, ९ असोज । सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणीकरण नगरेको मुद्दामा राष्ट्रपति विद्यादेवी भण्डारीका नाममा कारण देखाऊ आदेश जारी गरेको हो।

न्यायाधीश हरि फुयालको एकल इजलासले आज राष्ट्रपतिका नाममा सो जारी गर्दै राष्ट्रपति कार्यालयसँग लिखित जवाफ मागेको हो।

राष्ट्रपतिबाट नागरिकतासम्बन्धी विधेयक दोस्रो पटक पनि प्रमाणीकरण नभएपछि सर्वोच्च अदालतमा उत्प्रेषण परमादेशको मागसहित पाँच वटा रिट निवेदन दर्ता भएको छ ।

संसदले दोस्रो पटक पारित गरेर पठाएको विधेयक राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर