काठमाडौं, ६ असोज । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ६६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११९० जनाको पीसीआर परीक्षण गर्दा ५९ र २०७२ जनाको एन्टीजेन परीक्षण गर्दा ७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यसैगरी सोही समयावधिमा १३७ जना सङ्क्रमित विसेक भएका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या १४०५ जना रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर