काठमाडौ, ६ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विरोधमा तीन विद्यार्थी संगठनहरूले आज यहाँ प्रदर्शन गरेका छन्।

संसदको दुवै सदनबाट पारित भएको उक्त विधेयक गत मंगलबार राष्ट्रपतिबाट प्रमाणीकरण भएको थिएन ।

संविधानको व्यवस्थाअनुसार पनि राष्ट्रपतिले विधेयक पारित गर्नुपर्ने थियो ।

विरोध प्रदर्शन नेविसंघ, अखिल क्रान्तिकारी र अनेरास्ववियुलगायतले संयुक्त रूपमा गरेका छन्।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर