काठमाडौं, ३ असोज । नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक बन्दसूची निर्वाचन आयोगमा पेस गरेको छ ।
महामन्त्री विश्वप्रकाश शर्माले सो सूची आयोगमा दर्ता गर्नुभएको हो।
बन्दसूची दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले सङ्घमा समानुपातिकतर्फ ११० जनाको र सातै प्रदेशमा, नेपाली कांग्रेसको संसदीय बोर्डको निर्णय र केन्द्रीय कार्य सम्पादन समितिको निर्णय बमोजिम बुझाएको वताउनुभयो ।
बन्दसूची दर्ता गर्न महामन्त्री शर्मासहित सहमहामन्त्री महालक्ष्मी डीना उपाध्यायलगायतका नेता आयोगमा पुग्नुभएको थियो ।
