काठमाडौ, १ असोज । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले हालसम्म प्राप्त राजनीतिक उपलब्धि दलको सहमति र सहकार्यले नै सम्भव भएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले हालको राजनीतिक व्यवस्थाअनुसार मुलुकमा कुनै दलले एक्लै सरकार बनाउछु भन्ने अवस्था नरहेको धारणा व्यक्त गर्नुभयो । पूर्वप्रधानमन्त्री खनालले भन्नुभयो, “नेपालमा धेरै परिवर्तन पार्टी मिलेर नै भएका हुन्, संविधान जारी गर्दा होस् वा त्योभन्दा अगाडिका आन्दोलनमा होस् ।”
पूूर्वप्रधानमन्त्री खनालले संविधान र सङ्घीयता कार्यान्वयन जस्तो महत्वपूर्ण उपलब्धि संसद्को यो कार्यकालमा भएको र यो अवधिमा धेरै कानुन बनाउनुलाई पनि उपलब्धिका रुपमा हेरिनुपर्नेमा जोड दिनुभयो ।

विश्वका धेरै प्रजातान्त्रिक देशमा संसद् विघटन गर्नसक्ने व्यवस्था नभएको उल्लेख गर्दै उहाँले नेपालको संविधानले पनि अर्को सरकार गठनको विकल्प रहँदा संसद् विघटन गर्ने अधिकार नदिएको स्पष्ट पार्नुभयो ।
यस्तो अवस्थामा पनि संसद् विघटन हुनु दुर्भाग्य भएको उहाँको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर