काठमाडौं, १ असोज । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ६३ जना कोरोना भाइरस संक्रमित पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार १५७४ पीसीआर र २१६६ जनाको एन्टीजेन परीक्षण गर्दा सो संख्या पुष्टि भएको हो ।
अहिले १९६६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । सोही समयावधिमा १३१ जना संक्रमित विसेक भएका छन्।
