काठमाडौं, २७ भदौ । पछिल्लो चौविस घण्टामा पीसीआर र एटिजेन परिक्षण गर्दा थप १७९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २००६ जनाको पीसीआर परीक्षण गर्दा १२७ र २३५९ जनाको एन्टीजेन परीक्षण गर्दा ५२ कोरोना पुष्टि भएको हो ।
सोही समयावधिमा १७१ जना सङ्क्रमित विसेक भएका छन् भने १ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ।
अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या २२७१ जना रहेको छ ।
