
काठमाडौं, ४ चैत । पछिल्लो चौबीस घण्टामा २७८१ आरटी पीसीआर परीक्षण गर्दा थप ९४ जनामा कोरोना भाइरसका सङ्क्रमण ( कोभिड१९) पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै सङ्क्रमितको कुल संख्या २ लाख ७५ हजार ५१८ पुगेको छ । यसैगरी, कोरोना संक्रमणबाट ५५ जना विसेक भइसकेको मन्त्रालयले जनाएको छ । हालसम्म विसेक भएकाको संख्या २ लाख ७१ हजार ५५० पुगेको छ । मन्त्रालयले जनाए अनुसार अहिले ९५४ जना सक्रिय सङ्क्रमित रहेका छन् ।