![](http://yugawani.com/wp-content/uploads/2021/01/gold-bar.jpg)
काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । यस दिन सुन तोलामा ४०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला ९२ हजार र तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । पछिल्लो दुई दिन भने सुनको मूल्य ओरालो लागेर सोमबार प्रतितोला ९१ हजार ६०० मा किनबेच भएको थियो ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेको छ । महासंघका अनुसार चाँदी प्रतितोला एक हजार २४५ रुपैयाँमा किनबेच हुँदैछ ।