काठमाडौं, १७ भदौ । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप २०६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १५९५ जनाको पीसीआर परीक्षण गर्दा १३४ र १२७४ जनाको एन्टिजेन परीक्षण गर्दा ७२ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा ३९८ जना सङ्क्रमणबाट विसेक भएका छन् भने उक्त समयमा ३ जनाको ज्यान गएको छ। अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या २८९१ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर