क्वालालमपुर, १३ भदौ । मलेसियाको क्वालालम्पुरमा सोमबार शक्तिशाली भूकम्प आएको छ ।
राष्ट्रिय भूकम्प केन्द्रले दिएको जानकारीअनुसार सोमबार ६.१ म्याग्निच्युडको भूकम्प आएको हो ।
स्थानीय समयाअनुसार विहान ८.५९ बजे १० किलोमिटर गहिरो भूकम्प आएको थियो ।
भूकम्पबाट कुनै क्षति भएको विवरण अहिलेसम्म प्राप्त नभएको सरकारी उच्च अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुले प्रभावित क्षेत्रबाट सूचना तथा विवरण संकलन गर्ने कार्य भइरहेको पनि जनाएका छन् ।
मलेसियामा बेला बेलामा भूकम्प आइरहने गरेको छ । भूकम्पका कारण धनजनको क्षति हुने गरेको छ । एएनआई
