काठमाडौं, १२ भदौ । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप २०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०६४ जनाको पीसीआर परीक्षण गर्दा १६४ जना र १७६९ जनाको एन्टिजेन परीक्षण गर्दा ३८ जनामा संक्रमण पुष्टि भएको हो ।
सोही समयावधिमा १ जना संक्रमितको ज्यान गएको छ भने ४६२ जना संक्रमित विसेक भएको मन्त्रालयले जनाएको छ ।
अहिले कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३३१३ पुगेको छ ।
