काठमाडौं, ३ चैत । पछिल्लो चौबीस घण्टामा २७९० आरटी पीसीआर परीक्षण गर्दा थप ११४ जनामा कोरोना भाइरस संक्रमण (कोभिड१९) पुष्टि भएको छ ।
यससँगै अहिले कुल सङ्क्रमितको संख्या २ लाख ७५ हजार ४२४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी अहिले ९४ जना संक्रमित विसेक भएको जनाइएको छ । यससँगै विसेक हुने कुल संख्या २ लाख ७१ हजार ४९५ पुगेको छ । मन्त्रालयले जनाए अनुसार अहिले ९१५ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
कोरोनाबाट अहिलेसम्म ३०१४ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर