हेटौंडा– नेपाल उद्योग वाणिज्य महासंघ, बाग्मती प्रदेशको कार्यकारिणी समितिमा चारजना सदस्य मनोनीत भएका छन् । अध्यक्षबाट विधानतः मनोनयन हुने कार्यकारिणी समितिमा गुर्खा इन्काउन्टर प्रालिकी प्रतिमा भट्ट, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठ, धादिङ उद्योग वाणिज्य संघका निमित्त अध्यक्ष बोधनाथ दुवाडी र उद्योग वाणिज्य संघ, जिरीका अध्यक्ष गेल्बु शेर्पालाई मनोनीत गरिएको महासंघले जनाएको छ ।

अध्यक्ष दिलसुन्दर श्रेष्ठको सभापतित्वमा माघ २ गते हेटौंडामा सम्पन्न दोस्रो बैठकले महासंघको बाग्मती प्रदेश सचिवालय हाललाई केही समय मकवानपुर उद्योग वाणिज्य संघको सचिवालयमा राख्ने निर्णय पनि गरेको छ । सचिवालय व्यवस्थापनको लागि बाग्मती प्रदेशका कार्यकारिणी समिति सदस्य जीवनकाजी माकजु श्रेष्ठलाई जिम्मेवारी दिने निर्णय पनि बैठकले गरेको छ ।

उक्त बैठकले विभिन्न १३ वटा समिति गठन गरेको छ । महासंघका अनुसार सीप तथा तालिम समितिमा सविन श्रेष्ठ, राजस्व समितिमा दुर्गाराज श्रेष्ठ, मेला महोत्सव तथा प्रदर्शनी समितिमा गुणराज श्रेष्ठ, घरेलु तथा साना उद्योग समितिमा श्याम थापा, सचिवालय व्यवस्थापन समितिमा जीवनकाजी माकजु श्रेष्ठ, सूचना सञ्चार प्रविधि तथा प्रकाशन समितिमा कैलाश पलाञ्चोके संयोजक तोकिएका छन् ।

त्यसैगरी, वाणिज्य तथा आपूर्ति समितिमा शिवप्रसाद मानन्धर, उद्योग समितिमा वीरेन्द्रनाथ भट्टराई, रोजगारदाता समितिमा प्रदीपमान प्रधान, महिला विकास समितिमा प्रतिमा भट्ट, यातायात तथा पारवहन समितिमा गेल्वु शेर्पा, कृषि विकास समितिमा बोधनाथ दुवाडी र पर्यटन समितिमा राजु श्रेष्ठ संयोजक तोकिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर