काठमाडौँ, ३ चैत्र । नेकपा माओवादी केन्द्रको संसदीय दलको नेतामा पुष्पकमल दाहाललाई चयन गरिएको छ ।
उक्त निर्णय केन्द्रको आज बसेको संसदीय दलको बैठकले गरेको हो । बैठकले प्रमुख सचेतकमा देव गुरुङ र राष्ट्रिय सभा संसदीय दलको नेतामा दिनानाथ शर्मालाई पनि चयन गरेको केन्द्रका नेता देवेन्द्र पौडेलले जनाउनु भएको छ ।
सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई अगल बनाइदिएपछि केन्द्रको बैठकले सो चयन गरेको हो ।
यसैगरी बैठकले संसदीय दलको विधान संशोधन गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर