काठमाडौं, ३ साउन । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजन परिक्षण गर्दा थप ६२३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआरबाट १६२१ र एन्टिजेनबाट ३३२४ नमूनाको परीक्षण गर्दा क्रमशः २४६ र ३७७ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयकाअनुसार पछिल्लो चौविस घन्टामा थप ४८७ जना विसेक भएका छन्।
अहिले सक्रिय संक्रमितको संख्या ५०२४ पुगेको छ।
