काठमाडौ, २ भदौ । दक्षिणपूर्वी टर्कीस्थित एउटा फारमको प्रयोगशालामा थुपारिएको प्लास्टिकका हजारौँ बाकसमा विषालु बिच्छी राखिएको छ ।

प्रयोगशालाका कर्मचारीहरू ती बाकसबाट एक एक गरेर बिच्छी निकाल्छन् र तिनले ओकलेको विष सङ्कलन गर्छन्। बिच्छीको विष निकै मूल्यवान् हुन्छ।

एउटा बिच्छीले झन्डै दुई मिलिग्राम विष निकाल्छ। बिच्छीबाट त्यसरी दैनिक दुई ग्राम विष सङ्कलन गरिने फारमका मालिक मेटिन ओरेन्लर बताउँछन्।

बिच्छीको विष औषधि र शृङ्गारका सामग्री बनाउन प्रयोग हुन्छ।
ओरेन्लरका अनुसार एक लिटर विषको मूल्य एक करोड डलरजति पर्छ।बीबीसी

 

प्रतिक्रिया

सम्बन्धित खवर