काठमाडौं, ३१ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० जनालाई केन्द्रीय समितिमा मनोनयन गर्नुभएको छ।
नेपाली कांग्रेसव्दारा आज जारी विज्ञप्तिमा सो जनाइएको छ ।
विज्ञप्ति अनुसार किरण यादव (महोत्तरी), राधा घले )काठमाडौं), धना खतिवडा (ललितपुर), उर्मिला थपलिया (धादिङ्ग), रुक्मीणी कोइराला (मोरङ्ग), कल्याणी रिजाल (काठमाडौं), गोमा भट्टराई (झापा), गंगा शाही (रुपन्देही) लक्ष्मी खतिवडा (सुनसरी) र सीता देवकोटा (नवलपुर) लाई केन्द्रीय कार्यसमिति सदस्य पदमा मनोनयन गरिएको छ ।
विधानको धारा २१ को उपधारा १० बमोजिम उहाँहरूलाई केन्द्रीय सदस्यमा मनोनयन गरिएको जनाइएको छ।