काठमाडौं, २ चैत । पछिल्लो चौविस घण्टामा ३३११ आरटी पीसीआर परीक्षण गर्दाद७९ जनामा कोरोनाभाइरस सङ्क्रमण (कोभिड१९) पुष्टिभएको छ ।
यससँगै सङ्क्रमितको कुल संख्या २ लाख ७५ हजार ३१० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी पछिल्लो चौविस घण्टामा ७५ जना संक्रमित विसेक भएका छन् । यससँगै अहिलेसम्म विसेक हुनेको संख्या २ लाख ७१ हजार ४०१ पुगेको छ । मन्त्रालयले अहिले ८९५ जना सक्रिय सङ्क्रमण रहेको जनाएको छ ।
कोरोनाबाट अहिलेसम्म ३०१४ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर