काठमाडौं, २३ साउन । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ९३४ जनामा कोरोना संक्रमण पुष्टि हुनुका साथै एक जना संक्रमितको ज्यान गएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २८६२ जनाको पीसीआर परीक्षण गर्दा ४९८ जना र २४८९ जनाको एन्टिजेन परीक्षण गर्दा ४३६ जनामा संक्रमण पुष्टि भएको हो ।
यसैगरी पछिल्लो चौविस घण्टामा ४७० जना संक्रमित विसेक भएका छन् ।
