काठमाडौं, १७ साउन । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ८१४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २७६२ पीसीआर परीक्षण गर्दा ५०९ र २६५३ जनाको एन्टिजेन परीक्षण गर्दा ३०५ जनामा कोरोना पुष्टि भएको हो ।
सोही समयावधिमा २९९ जना सङ्क्रमित विसेक भएका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या ५१४४ पुगेको मन्त्रालयले जनाएको छ ।
