काठमाडौँ, १६ साउन । काठमाडौंको तारकेश्वर नगरपालिकास्थित काभ्रेस्थलीमा आज बिहान एकै परिवारका चार जना मृत भेटिएको छ।
गोरखा भिमसेन गाउँपालिका ६ बोर्लाङ नारानपुर स्थाइ घर भइ हाल काभ्रेस्थली बस्दै उक्त परिवारका बाबु,आमा र छोराछोरी मृत भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार सो घटना आत्महत्या हुन सक्ने वताईएको छ ।
मृतकहरूमा ४१ वर्षीय दिनेश पाण्डे, श्रीमती ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीया छोरी आशिका पाण्डे र ८ वर्षीय छोरा आशिक पाण्डे रहेका छन् ।
बालबालिका विद्यालय नगएको र मुल ढोका पनि लामो समयसम्म नखुलेको भन्ने सुचनाको आधारमा प्रहरीले खोजतलास गर्दा दुई कोठा मध्ये एउटामा ३ वटा र आर्को कोठामा एक जना गरी ४ जनाको शव भेटिएको थियो ।
प्रहरीले सोही कोठाबाट सुसाइड नोट समेत प्राप्त गरेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
