काठमाडौं ११ साउन, । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ५६४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २७७८ पीसीआर परीक्षण गर्दा ४१८ र १६७६ जनाको एन्टीजेन परीक्षण गर्दा १६४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

सोही समयावधिमा १ जना संक्रमितको ज्यान गएको मन्त्रालयले जनाएको छ ।

यसैगरी पछिल्लो चौविस घण्टामा २०२ जना संक्रमित विसेक भएका छन् ।

अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ३९२९ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर