ललितपुर, १० साउन । नेपाल मानव अधिकार संगठनले म्यानमारको सैनिक सरकारले प्रजातन्त्रवादी चार नेता एवं अभियन्ताहरूलाई मृत्युदण्ड दिएको विरोधमा युएन हाउस ललितपुरअगाडि प्रदर्शन गरेको छ ।

म्यानमारको सैनिक सरकारले पूर्वसांसद फ्यो जेया थउ, लेखक को जिम्मी, विद्यार्थीहरू ह्ला म्यो आङ र आङ थुरा जअलाई आतंकवादी गतिविधिमा संलग्न रहेको आरोपमा मृत्युदण्ड दिएपछि अन्तर्राष्ट्रिय जगतमा निन्दा भइरहेको छ।

संगठनले म्यानमारमा अविलम्ब लोकतन्त्र पुनर्स्थापना होस भन्ने माग गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर