काठमाडौँ, ४ साउ । नेपाल राष्ट्र बैंक ऐन २०५८ विपरित दलीय आबद्धता जनाएको भन्दै गभर्नर महाप्रसाद अधिकारीको बर्खास्तीको माग गर्दै आज तीन विद्यार्थी संगठनले नेपाल राष्ट्र बैंकअगाडि विरोध प्रदर्शन गरेका छन् ।
प्रदर्शन गर्ने विध्यार्थी संगठनमा नेविसंघ,अखिल (क्रान्तिकारी) र अनेरास्ववियू रहेका छन्। प्रदर्शनकारीहरूले राष्ट्र बैंक अगाडि कालो ब्यानर सहित विरोध जनाएका छन् ।
संघ अध्यक्ष डुजाङ शेर्पा, क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह र अनेरास्ववियू अध्यक्ष सुदेश पराजुलीले एक विज्ञप्ति जारी गर्दै देशव्यापी रुपमा विरोध कार्यक्रम गर्ने उल्लेख गरेका छन् ।
गभर्नर अधिकारी नेकपा एमालेको अर्थ तथा योजना विभाग सदस्य रहेको तथ्य उजागर भएपछि विद्यार्थी संगठनहरु विरोध प्रदर्शनमा ओर्लिएका हुन ।
