काठमाडौं, ३ साउन । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ३५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३३५७ जनाको परीक्षण गरिएको थियो ।
अहिले सक्रिय संक्रमितको संख्या १९८२ रहेको मन्त्रालयले जनाएको छ।
सो समयावधिमा ६२ जना कोरोनाबाट विसेक भएका छन् ।
