काठमाडौं, २ साउन । नेपालमा कोरोना सङ्क्रमणको संख्या बढ्नेक्रम जारी छ ।
पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ४५७ जना कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय जनाएको छ ।

मन्त्रालयका अनुसार २३४१ जनाको आरटी पीसीआर गर्दा ३८६ जनामा र २३१० जनाको एन्टिजेन परीक्षण गर्दा ७१ जनामा संक्रमित पुष्टि भएको हो ।

मन्त्रालयव्दारा जारी विज्ञप्ति अनुसार उक्त समयावधिमा एकजना सङ्क्रमितको ज्यान गएको छ ।

यस्तै पछिल्लो चौविस ४८ जना सङ्क्रमित विसेक भएका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या १७७६ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर